SRN Nepal

Directions Website

SRN Nepal SRN stands for Short Reels and News.

We publish fresh, interesting, and important news every day in the Nepali language, keeping you informed with the stories that matter.

05/09/2026

बेत्रावतीमा चमत्कार: बाढीले पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई शनिबार जीवितै उद्धार गरिएको छ ।

खुशीको खबर ! त्रीशुली 3A को टनेलबाट दुईजनाको सकुशल उद्धार !
04/09/2026

खुशीको खबर ! त्रीशुली 3A को टनेलबाट दुईजनाको सकुशल उद्धार !

04/09/2026

त्रिशूली ३ 'ए' को सुरुङभित्र मान्छे बोलेको आवाज आयो : श्रीराम न्यौपाने

03/09/2026

अहिलेसम्म हामीलाई केके थाहा छ?
भोटेकोशी-त्रिशूली बाढीको नवौँ दिनमा यस घटनासम्बन्धी मुख्यमुख्य अप्डेट यसप्रकार छन्।

बाढीले निम्त्याएको विपत्तिमा नेपालमा १,२५९ जनाभन्दा बढी मानिसको मृत्यु भएको बिहीवार साँझ ७ बजेसम्मको तथ्याङ्क सार्वजनिक भएको छ।
बाढीबाट रु. ३ खर्ब ८७ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगामी भदौ २२ गते सोमवारका दिन गत साता भोटेकोशी-त्रिशूली बाढीमा परी ज्यान गुमाउने मानिसहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने सरकारले निर्णय गरेको छ।
बाढी आउँदा कामविशेषले तिब्बततर्फ रहेका एक नाबालकसहित ११४ नेपाली नागरिकलाई चीन सरकारले सकुशल उद्धार गरी तातोपानी नाकाबाट नेपाल प्रवेश गराएको छ।
मानिसहरू फसेको आशङ्का गरिएको त्रिशूली-३ए जलविद्युत् आयोजनाको सुरुङको मुख खुलाउने काम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ तर यसमा उल्लेख्य सफलता हात परेको छैन।
परिवारजनले बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न थालेका छन्। शवमध्ये ९५ जनाको मात्र सनाखत भई बुझिलिएको सरकारी भनाइ छ।
यससँगै हामी आजका लागि यो पेज स्थगित गर्दै छौँ। हाम्रो पेज हेरिदिनुभएकामा धन्यवाद।

हामी यो पेजमा पुनः भोलि बिहानदेखिका नयाँ सूचना अप्डेट गर्ने छौँ।

अन्य समाचारका लागि हाम्रो वेबसाइट हेर्नुहोला। हाम्रा सामग्रीहरू फेसबुक, र यूट्यूबमा पनि उपलब्ध छन्।
शुभरात्रि।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय !
03/09/2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय !

‘बझाङको बाघ’ भनेर समेत चिनिने नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा फाइट अन्तर्गत आज दिउँसो २:४५ बजे न्युजिल्यान्डक...
28/08/2026

‘बझाङको बाघ’ भनेर समेत चिनिने नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा फाइट अन्तर्गत आज दिउँसो २:४५ बजे न्युजिल्यान्डका कासिब मुर्डोकसँग भिड्दैछन् ।

प्रधानमन्त्रीसँग भदौ १० गते प्रतिनिधि सभा बैठकमा प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ। यस कार्यक्रमका लागि ११ जना सांसदहर...
25/08/2026

प्रधानमन्त्रीसँग भदौ १० गते प्रतिनिधि सभा बैठकमा प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ। यस कार्यक्रमका लागि ११ जना सांसदहरूले प्रश्न टिपाएका छन्।
रास्वपाका ७ जना सांसदले प्रश्न सोध्न पाउने भए पनि ३ जनाले मात्रै नाम टिपाएका हुन्।

17/08/2026
17/08/2026

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक करिब चार घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

सोमबार बिहान पौने ६ बजेतिर सुक्खा पहिरो खसेपछि राजमार्गको दुवैतर्फको आवागमन अवरुद्ध भएको थियो। पहिरोका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन रोकिँदा लामो जाम लागेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ गजुरी र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीको समन्वयमा निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरी पहिरो पन्छाइएको थियो। पहिरो हटाएपछि करिब चार घण्टापछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

सडक सञ्चालनमा आएसँगै राजमार्गमा रोकिएका सवारीसाधन क्रमशः गन्तव्यतर्फ लागेका छन्।

१. मुख्यमन्त्री खगराज भट्टको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र— नियुक्तिपछि उनले प्रदेश तथा जिल्ला अस्पतालमा डायलाइसिस ...
17/08/2026

१. मुख्यमन्त्री खगराज भट्टको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र— नियुक्तिपछि उनले प्रदेश तथा जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गर्दै सेती प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन्। अस्पतालको सेवा, व्यवस्थापन र पूर्वाधार सुधारका लागि तत्काल काम अघि बढाउने तथा हरेक १५ दिनमा अनुगमन गर्ने बताएका छन्।

२. वर्षौंदेखि अनुगमन मात्रै, सुधार सुस्त— सेती अस्पतालमा यसअघि पनि मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, राजदूत तथा विभिन्न टोलीले पटक–पटक अनुगमन गर्दै सुधारको प्रतिबद्धता जनाएका छन्। तर बिरामीको चापअनुसार सेवा, जनशक्ति, उपकरण र पूर्वाधारमा अपेक्षित सुधार हुन सकेको छैन।

३. जनशक्ति अभाव मुख्य समस्या — १२५ शय्याको स्वीकृत क्षमता भएको अस्पतालले अहिले करिब २४० शय्या सञ्चालन गरिरहेको छ। दरबन्दीअनुसार चिकित्सक तथा कर्मचारी नहुँदा विशेषज्ञ चिकित्सकको अभाव, ढिलासुस्ती र बिरामीलाई पर्याप्त समय नदिने जस्ता समस्या देखिएका छन्।

४. तीन महिनामा सुधार गर्ने पुराना आश्वासन अधुरा— तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले तीन महिनाभित्र अस्पतालको क्षमता र जनशक्ति सुधार गर्ने घोषणा गरेका थिए। २०० शय्यामा स्तरोन्नति गर्ने र आवश्यक संगठन तथा व्यवस्थापन संरचना (ओएण्डएम) बनाउने प्रतिबद्धता भए पनि लामो समय बित्दा पनि ओएण्डएम स्वीकृत हुन सकेको छैन।

५. ८६ वर्ष पुरानो अस्पताल अझै स्तरोन्नतिको पर्खाइमा — १९९७ सालमा १५ शय्याबाट सुरु भएको सेती अस्पताल २०४० सालमा ५० शय्याको अञ्चल अस्पताल बनेपछि औपचारिक रूपमा ठूलो स्तरोन्नति हुन सकेको छैन। संघीयतापछि प्रदेश सरकार मातहत आए पनि बढ्दो बिरामी चापअनुसार भवन, उपकरण, चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन अझै चुनौतीपूर्ण छ।

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when SRN Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category