NepalPlus

Directions

NepalPlus NepalPlus. Your go-to page for swift updates on national and international issues. Stay informed with concise and reliable news coverage.

Join us in navigating the ever-changing world landscape!

राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले रास्वपा सांसद खग्रेन्द्र सुनवारसँग जोडिएको भनिएको विवादास्पद अडियो प्रकरणमा गम्भी...
13/10/2026

राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले रास्वपा सांसद खग्रेन्द्र सुनवारसँग जोडिएको भनिएको विवादास्पद अडियो प्रकरणमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसमा उल्लेखित आमा र बच्चाको तत्काल उद्धार (रेस्क्यु) गर्न सरकार र नेपाल प्रहरीसँग जोडदार माग गर्नुभएको छ।

अडियोमा बालबालिकामाथि प्रयोग गरिएको अमानवीय भाषा, ज्यान मार्ने धम्की र चरम हिंसाको शैलीप्रति रोष प्रकट गर्दै सांसद झाँक्रीले भन्नुभयो, "त्यो अडियो त मैले सुन्न पनि सकिनँ।

13/10/2026

सांसद खग्रेन्द्र सुनारले सामाजिक सञ्जालमा बाहिरिएको विवादास्पद अडियो क्लिप आर्टिफिसियल इन्टेलिजेन्स (AI) लगायत प्रविधिको दुरुपयोग गरी बनाइएको कपोलकल्पित र भ्रामक सामाग्री भएको दाबी गर्नुभएको छ। फेसबुकमार्फत एक स्पष्टीकरण भिडियो र वक्तव्य जारी गर्दै उहाँले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएका कारण आफूमाथि निरन्तर प्रहार र षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खग्रेन्द्र सुनवारको विवादास्पद अडियो क्लिप सार्वजनिक भएपछि रास्वपाका सचेतक...
13/10/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खग्रेन्द्र सुनवारको विवादास्पद अडियो क्लिप सार्वजनिक भएपछि रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले कडा प्रतिक्रिया दिनुभएको छ। समाजले सुन्नै नसक्ने घिनलाग्दो कार्य गर्ने व्यक्तिलाई कुनै पनि हालतमा छुट नदिइने स्पष्ट पार्दै उहाँले आफ्नै पार्टीका सांसद भए पनि कारबाही गरेरै छाड्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।

सचेतक परियारले भने, "यदि हाम्रै पार्टीका सांसद हुन् भने पनि उहाँमाथि कारबाही हुन्छ, हुन्छ र हुन्छ!"

13/10/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खग्रेन्द्र सुनवारको भनिएको एउटा विवादास्पद अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना र बहस सुरु भएको छ।

भाइरल भइरहेको उक्त अडियो बाहिरिएसँगै डिजिटल वृत्त र राजनीतिक क्षेत्रमा सांसद सुनवारको आचरण र उत्तरदायित्वमाथि सर्वसाधारणले प्रश्न उठाइरहेका छन्। अडियोको विषयवस्तुलाई लिएर सार्वजनिक प्रतिक्रियाहरू तीव्र बनेका छन् भने घटनाबारे थप विवरणहरू आउन बाँकी रहेको छ।

भिडिओमा अशिष्ट तथा अमर्यादित भाषा प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिइएका चर्चित र्यापर...
13/10/2026

भिडिओमा अशिष्ट तथा अमर्यादित भाषा प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिइएका चर्चित र्यापर तथा स्ट्रिमर मनिष पाण्डे 'झापालिस' लाई झापा प्रहरीले छाडेको छ।

प्रहरी नियन्त्रणमा रहेका पाण्डेले अबदेखि आफ्ना भिडिओ तथा लाइभ स्ट्रिमिङमा कुनै पनि प्रकारका गालीगलौज र अभद्र भाषा प्रयोग नगर्ने सहमति जनाएपछि र सोही अनुसारको कागज गरेपछि प्रहरीले उहाँलाई छाडेको हो। यसअघि सोमबार राति उहाँलाई सोधपुछका लागि निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो।

सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरी सर्वसाधारणसँग वादविवाद तथा अपशब्द प्रयोग गरेको आरोपमा गणेश सापकोटा...
13/10/2026

सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरी सर्वसाधारणसँग वादविवाद तथा अपशब्द प्रयोग गरेको आरोपमा गणेश सापकोटा पक्राउ परेका छन्। सामाजिक सञ्जालमा उनी र सर्वसाधारणबीच भएको वादविवादको भिडियो भाइरल भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।

पक्राउ परेका सापकोटालाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ। सार्वजनिक सम्पत्तिको दुरुपयोग र सर्वसाधारणमाथि गरिएको अशिष्ट व्यवहारप्रति प्रहरीले कडा कदम चालेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खग्रेन्द्र सुनवारसँग जोडिएको विवादास्पद अडियो प्रकरणबारे गम्भीर ध्या...
13/10/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खग्रेन्द्र सुनवारसँग जोडिएको विवादास्पद अडियो प्रकरणबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

पार्टीले छानबिनको निष्कर्ष नआउन्जेलसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन र नगराउन कूकै निर्देशन जारी गरेको छ। अनुशासन र पारदर्शितालाई प्राथमिकता दिँदै आएको रास्वपाले यस विषयमा सत्यतथ्य बाहिर ल्याउन आन्तरिक समिति मार्फत छानबिन थाल्ने भएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि स्थापित प्रधानमन...
12/10/2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अभूतपूर्व सहयोग प्राप्त भएको छ। हालसम्मको विवरण अनुसार कोषमा १७ अर्ब ५४ करोड ४२ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ।

१२ अर्ब ९५ करोड १६ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको छ भने वैदेशिक सहायता र गैरआवासीय नेपालीहरूबाट प्राप्त सहयोगस्वरूप डलर खातामा २ करोड ९७ लाख अमेरिकी डलरभन्दा बढी रकम जम्मा भएको छ।

A major political showdown has erupted in Pakistan following the federal government’s declaration of governor’s rule in ...
12/10/2026

A major political showdown has erupted in Pakistan following the federal government’s declaration of governor’s rule in Khyber Pakhtunkhwa. President Asif Ali Zardari signed off on the cabinet’s summary to suspend provincial executive powers under emergency provisions. The development puts Pakistan’s constitutional machinery and federal balance under intense legal scrutiny.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NepalPlus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category