02/08/2018
काठमाडौं, साउन १६ । तयारी चाउचाउ तथा स्न्याक्स उत्पादक यशोदा फुड्स रुपन्देहीले अधिकृत विक्रेताहरुलाई आमन्त्रण गर्दै एक भव्य डिलर मिट कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौंस्थित पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा शनिबार आयोजित “सम्बन्धहरुको रौनक” नामक उक्त कार्यक्रममा यशोदा फुड्सका सम्पूर्ण अधिकृत विक्रेताहरुको सहभागिता रहेको थियो । करेन्ट चाउचाउकी मोडल तथा चर्चित नायिका सन्ध्या केसीले उक्त कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
कम्पनीले आफ्ना उत्कृष्ट उत्पादनहरु विक्री वितरणको संजाल काठमाडौं बाहेक सबै क्षेत्रहरुमा बनाइसकेको अवस्थामा श्रावण १५ गते मंगलबारबाट काठमाडौं उपत्यकामा पनि विक्री वितरणको संजाल बनाई विक्री शुभारम्भ गरेको शुभ समाचारका साथै यस कार्यक्रमको अवसरमा आफ्नो लक्की ड्र योजनाअन्र्तगत विभिन्न विधाको उपहारहरु आफ्नो थोक विक्रेताहरुलाई प्रदान गरेको छ ।
उपहार प्रदान गर्ने क्रममा १ सय १ जनालाई रेफ्रिजेरेटर, ७ जनालाई प्रति व्यक्ति १० ग्राम सुन, ३ जनालाई प्रति व्यक्ति २० ग्राम सुन, १ थान महिन्द्रा गस्टो स्कुटर, १ थान बजाज एभेन्जर मोटरसाइकल र बम्पर धमाकामा मारुती सेलेरियो गाडी १ जना भाग्यशाली थोक विक्रेतालाई लक्की ड्र मार्फत प्रदान गरिएको थियो ।
साथै अधिकृत विक्रेताहरुलाई विभिन्न विधामा सम्मान गर्ने क्रममा २ अधिकृत विक्रेतालाई उत्कृष्ट विक्रेता तथा १ विक्रेतालाई सर्वोत्कृष्ट विक्रेता घोषित गर्दै यशोदा फुड्का निर्देशक कमल किशोर मालपानी, अध्यक्ष चुन्न प्रसाद पौडेल र निर्देशक नरिश्वर शर्मा पौडेलले उपहार वितरण गरेका थिए । उक्त अधिकृत विक्रेताहरुलाई उपहार स्वरुप बैंकक भ्रमणको प्याकेज प्रदान गरिएका छ ।
यसैगरी माधव आर्चायलाई “उत्कृष्ट क्षेत्रिय विक्री प्रबन्धक”उपाधि प्रदान गरी पुरस्कृत गरिएको थियो ।
सो कार्यक्रममा लाली तथा जुप्पी चाउचाउका ब्राण्ड एम्बेस्डर चर्चित अभिनेत्री केकी अधिकारी, हास्य कलाकार जितु नेपाल तथा चर्चित गीत ‘कुटुमा कुटु’ का गायक राजन राज शिवाकोटीको समेत सहभागिता रहेको थियो । कलाकारहरुको प्रस्तुतिले कार्यक्रम थप मनोरञ्जनात्मक भएको थियो ।