10/09/2025
Sharing my opinion:
सिंह-दरबार जल्यो, दुखि भइयो, तर सिंहदरबारमा स्यालहरुको पनि राज थियो जुन खत्तम भयो। अब नयाँ दरबार बन्नेछ, अब मन खुशि बनाउनुपर्छ।
हिजो (भाद्र २४, २०८२) को घटनामा कसैले केहि रोइलो गर्न जरुरी छैन। अस्तिको घटना (भाद्र 23) भुल्न सक्छौ? निर्दोष र अबोध बिद्यार्थी हत्याको पाप सिंहदरबारकै धुरीबाट कराएको हो, जुन निन्दनीय छ।
घरमा बसेर, social media scroll गरेर कहिल्यै सम्भब नभएको परिवर्तन हिजोको घटनाले सम्भब गर्यो। The system has reset! अब नेपाल नयाँ युगमा प्रवेश गरेको छ। भौतिक संरचनाको पुन:निर्माण त केहि समयमै श्रमदान गरेरै गर्न सकिन्छ नपत्याए Harka Sampang A Revolution लाई हेर्नु!
हामीले चोरि-डकैति, लुटपाट, एतिहासिक संरचनाको बिनाश चाहेका थिएनौँ। तर अराजक तत्व, अछृङ्गल गतिविधि गर्ने देखि घुसपैठ गर्नेहरु यसमा मिसिए। यसको परिणाम उनिहरुले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा भोग्नेनै छन्। यसमा नेपालका सुरक्षा निकाएहरुले छानबिन गरेर दोषीलाई दोष अनुसारको फल अबश्य मिल्नेछ। राजिनामा दिएर उम्केका/सलबलाइरहेका प्रधानमन्त्री देखि प्रतिपक्षी सबैले दोष अनुसारको सजाए भोग्नुपर्छ, यसमा सबैको ध्यानाकर्षण हुन जरुरी छ।
नेपाललाई अब नवीनता दिने प्रणाली GEN-Z युबाहरुको काँधमा छ। Nepal Army ले अब सामाजिक अगुवाहरुसँग मिलेर छिट्टै राज्य सञ्चालन र प्रणाली निर्माण गर्न तर्फ लाग्नुपर्छ।
Welcome Sagar Dhakal
Welcome B***n,
Welcome Harka Sampang A Revolution
Welcome all those with experience, vision and the will.