Solukhumbu सोलुखुम्बु

Solukhumbu सोलुखुम्बु Solukhumbu is a site which is decorated by Natural Beauty. The highest peak of the world lies here

सगरमाथा हो शिर मेरो देश डराएको छैन
शोकमा छ झण्डा र फरफराएको छैन
ग्रहण लाग्यो आज अलि चन्द्र सुर्यमा,
भोलि चम्किलो उदाउनेछ हराएको छैन ।।

08/30/2026

रसुवाको बाढीपहिरोमा भेटिएका तर तत्काल पहिचान हुन नसकेका शवहरूको वैज्ञानिक विधिबाट पहिचान तथा सुरक्षित व्यवस्थापन भइरहेको छ।
शवलाई गाड्नुको उद्देश्य शव नष्ट गर्नु होइन। शव कुहिने क्रममा वातावरणीय तथा सार्वजनिक स्वास्थ्यसम्बन्धी जोखिम बढ्न सक्ने भएकाले सम्भावित संक्रमण तथा महामारीको जोखिमलाई ध्यानमा राख्दै प्रचलित स्वास्थ्य मापदण्ड र कानुनी प्रक्रियाअनुसार सुरक्षित व्यवस्थापन गरिएको हो।
शवबाट आवश्यक DNA लगायतका नमुना सुरक्षित राखिने भएकाले भविष्यमा पनि पहिचान गर्न सकिने व्यवस्था गरिएको छ। पहिचान खुलेपछि परिवारलाई आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने अवसर सुनिश्चित गरिनेछ।
कृपया अपुष्ट सूचना र भ्रामक सामग्री शेयर नगरौँ। विपद्को समयमा संवेदनशील बनौँ, आधिकारिक सूचनामात्र विश्वास गरौँ।

08/28/2026
08/27/2026

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ। सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ।
आज बिहानै ६:३० बजेदेखि उद्धारका लागि उडानहरू सुरु भइसकेका छन्। बिहानदेखि यति बेलासम्म १५ भन्दा बढी उडानहरू भइसकेका छन् र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्।
नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।
अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ। प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पुर्‍याइँदैछ।
छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग पुर्‍याउनेछ।
नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ। खाना तथा पानीको व्यवस्था गरिएको छ।
ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ। यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ।
उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ। सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्दछौँ। यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्।
आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ। यस क्रममा हातेमालो गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

तिब्बतबाट आएको भीषण बाढी : पानीको यात्रा कहाँसम्म ?
08/26/2026

तिब्बतबाट आएको भीषण बाढी : पानीको यात्रा कहाँसम्म ?

Address

Clarksville, TN

Alerts

Be the first to know and let us send you an email when Solukhumbu सोलुखुम्बु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Solukhumbu सोलुखुम्बु:

Featured

Share

Category