माटोको आवाज

माटोको आवाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from माटोको आवाज, Newsstand, Kathmandu.

श्रम​ +सस्कृति+प्रविधि /
#-श्रम-भनेको काम गर्नुहो त्यो आफ्नो लागि ,परिवारको लागि,देशको लागि । काम ,श्रम ,परिस्रम,मेहनत ,नगरी केहि पनि उत्पादन हुदैन ।
#संस्कृति​-भनेको नियम,कानुन ,र अनुशासनको दाइराभित्र रहेर पालना गर्नुहो।
#प्रविधि​-भनेको विभिन्न औजारहरु ,

14/07/2026

#गाई कि #गैडा ? #

09/07/2026

#प्रेस विज्ञप्ति / #समाचार
श्रम संस्कृति पार्टीद्वारा बाँकेको बैजनाथमा सामूहिक धान रोपाइँ सम्पन्न: श्रमलाई संस्कृति बनाउने अभियानको ऐतिहासिक सुरुवात!

#बाँके, २५ असार २०८३ ।
#श्रम संस्कृति पार्टीको मुलभूत अवधारणा, नीति तथा सिद्धान्तलाई आत्मसात गर्दै बाँके जिल्लामा पहिलोपटक सामूहिक कृषि उत्पादन कार्यक्रमको ऐतिहासिक सुरुवात भएको छ । "श्रम नै शक्ति हो र कृषि नै समृद्धिको आधार हो" भन्ने मान्यतालाई चरितार्थ गर्दै आज मिति २०८३ साल असार २५ गते बिहीबारका दिन बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५, बनकटवामा करिब १० कट्ठा जमिन लिजमा लिई सञ्चालित कृषि कार्यक्रम अन्तर्गत धान रोपाइँ कार्य भव्यताका साथ सम्पन्न भएको छ ।

#श्रम संस्कृति पार्टीका प्रदेश सदस्य, बैजनाथ गाउँपालिका संयोजक एवं आगामी स्थानीय निर्वाचनमा सोही पालिकाको अध्यक्ष पदका प्रत्याशी जुझारु नेता श्री दिनेश गुरुङ ज्यूको कुशल नेतृत्वमा सञ्चालित पालिका स्तरीय कृषि कार्यक्रमको आज अन्तिम दिनको रोपाइँ भव्य रूपमा सम्पन्न भएको हो ।

उक्त श्रममूलक एवं उदाहरणीय कार्यक्रममा पार्टीका जिल्ला संगठन विभाग सह-संयोजक गगन सिंह थापा मगर, कोहलपुर नगरपालिका संयोजक टेकराज कँडेल र जिल्ला सदस्य लालमाया थापा मगर लगायतका नेता तथा कार्यकर्ताहरूको गरिमामय एवं सक्रिय सहभागिता रहेको थियो । नेता तथा कार्यकर्ताहरू आफैँ हिलो र माटोमा भिज्दै श्रमदानमा जुट्दा स्थानीय समुदायमा समेत सकारात्मक ऊर्जा र उत्साह थपिएको थियो ।

कृषि क्रान्ति र भावी कार्यदिशा: घनीभूत छलफल
बाँके जिल्लाको राजनीतिक र सामाजिक इतिहासमै सम्भवतः यो प्रकृतिको कृषि कार्यक्रम पहिलोपटक सुरु भएको हो । यो केवल एउटा सांकेतिक रोपाइँ मात्र नभई श्रम संस्कृति पार्टीले परिकल्पना गरेको 'उत्पादनमुखी राजनीति' को ठोस प्रस्थानविन्दु हो ।

यस कृषि कार्यक्रमलाई आगामी दिनमा कसरी अझ बढी सशक्त, वैज्ञानिक र बृहत् रूपमा अगाडि बढाउने भन्ने विषयमा रोपाइँकै क्रममा जिल्ला संगठन विभाग सह-संयोजक गगन सिंह थापा मगरसँग गहन एवं वैचारिक छलफल भएको थियो । छलफलका क्रममा आगामी दिनमा पार्टीको केन्द्रीय नेतृत्व तथा माथिल्लो निकायसँग आवश्यक समन्वय गरी यसलाई राष्ट्रिय अभियानकै रूपमा लैजाने प्रतिबद्धता व्यक्त गरियो ।

स्थानीय स्वायत्तता र श्रम सहभागिताको मोडल
तत्कालको कार्यदिशा र व्यवस्थापनका सम्बन्धमा संवाद हुँदै गर्दा, केन्द्रसँग आगामी दिनमा संस्थागत समन्वय र सहकार्य गर्दै जाने तर हाललाई जारी रहेको यस गौरवमय कार्यक्रमलाई पालिका स्तरमै केन्द्रित गर्ने सहमति भएको छ । यस कार्यक्रमलाई थप व्यवस्थित र संस्थागत बनाउन 'पालिका स्तरीय कृषि समिति' गठन गरिनेछ । सोही समिति मार्फत स्थानीय स्तरमै व्यापक श्रमदाताहरू परिचालन गरी आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने र श्रमलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने उत्कृष्ट सुझाव संगठन विभाग सह-संयोजक गगन सिंह थापा मगरले दिनुभएको छ ।

श्रम संस्कृति पार्टी गफमा होइन, काममा र भाषणमा होइन, उत्पादनमा विश्वास गर्दछ । आजको यो ऐतिहासिक रोपाइँ कार्यक्रमले पार्टीको मार्गचित्रलाई स्पष्ट पारेको छ र आगामी दिनमा सिंगो बाँके जिल्लालाई नै श्रम र उत्पादनको नमूना क्षेत्र बनाउने संकल्पलाई थप मजबुत बनाएको छ ।

जय श्रम संस्कृति ! जय उत्पादन !

08/07/2026

#उत्पादनमा जोडौं देशलाई आत्त्मानिर्भर बनौं ! #

29/06/2026

श्रम, संस्कृति र परिवर्तनको अभियानलाई थप सशक्त बनाउन पार्टी अध्यक्ष तथा माननीय हर्क साम्पाङ ज्यू विशेष पार्टी कार्यक्रम तथा कार्यकर्ता–जनभेटघाटका लागि चाँडै बाँके र बर्दिया आउँदै हुनुहुन्छ।

कार्यक्रमको मिति, समय र स्थान लगायतको सम्पूर्ण जानकारी पछि उपलब्ध गराईने छ फ्लोअपमा रहदै गर्नुहोला।

सबै पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा परिवर्तन चाहने सम्पूर्ण आम नागरिकलाई हार्दिक उपस्थितिका लागि अनुरोध गर्दछौं।

बाकी विवरण कमेन्टमा... 👇

30/05/2026

सरकारी जागिर हुनेको तलव बढ्यो ! जागिर नहुनेको तनाव बढ्यो ! जे होस् बढ्न चाहिँ बढ्यो रास्वपाको अकर्मन्यता बढ्यो !

 #माटो प्रेमिहरु सबैले  यो भिडियोलाई  शेर ,लाईक, गरि सहयोग गरिदिनुहोला है!   ्रम_संस्कृति
26/05/2026

#माटो प्रेमिहरु सबैले यो भिडियोलाई शेर ,लाईक, गरि सहयोग गरिदिनुहोला है! ्रम_संस्कृति

26/05/2026
23/05/2026

#लुशिफर भएर निस्किए भरत निधि ्रम_संस्कृति ्रमदान Gagan Singh Thapa

20/05/2026

Watch, follow, and discover more trending content.

18/05/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when माटोको आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category